असनको माछा "असं या न्यालोहं"

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय बर्ष भन्दा पहिले देखी नै यस ठाउमा बजार लाग्ने गर्थ्यो । भनिन्छ यो बजारमा खोज्न जान्यो भने सबै थोक पाइन्छ । 
असनको माछा "असं या न्यालोहं"


असं (असन)को एउटा किंवदन्ती छ । ठिमीको एक ब्यापारीले बाँसको नोलमा चामल बोकेर ल्याएकोमा थाकेर यहि ठाउमा बिसाएछ । पछि चामल बोक्न खोज्दा उचाल्न नसकेर छोडेर गएछ । घर पुगेपछि जहानले कहा खोई चामल भनि सोध्दा अनसं भनेछ । अनसं भनेको नेवारीमा त्यही भनेको थियो । पछि परिवार नै आएर लग्न खोज्दा पनि चामल लग्न सकेन र तान्त्रिक देखाउदा अन्नपूर्ण देवी जमिनमा भएको ले यस्तो भएको यहा मन्दिर बनाउनु पर्छ भने । यसपछि अन्नपूर्णको मन्दिर बनाइयो । अनसं भन्दा भन्दै पछि असं भएको भन्ने कथा प्रचलित छ । 

तस्विरमा भएको माछा यहि असन चोकमै छ । यसको पनि आफ्नै कथा छ । परापूर्वकालमा ज्योतिषीय गणना गर्दा आकाशबाट माछा खस्ने साइत निस्केछ । धेरै ज्योतिषले धेरै ठाउ देखाएछ । अन्तमा दुइजनामा एकले असन अर्कोले टुडिखेलको महांकालमा भन्न थालेछ । अन्तमा यहि असनमा खसेको र त्यसैको प्रतिकको रूपमा ढुङ्गाको माछा बाहिर राखेर खसेको असली माछा जमिन मुनि गाडेको भनिन्छ । ढुङ्गाको माछा भएकोले यसलाई नेवारीमा न्यालोंह भन्ने गरिन्छ । 

मल्लकालमा ज्योतिषीय गणना गर्दा यहि न्यालोंहलाई नै केन्द्र मान्ने गर्दथे । यहि असन इलाकामा मानदेवको नामांकित ढुङ्गेधारा भेटिएकोले यो स्थानलाई लिच्छवीकालसम्मको गणना गर्ने गरिन्छ । 

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

कथा बोल बमको

पोखराको आकाशमा यूएफओ दुर्घटना