Posts

Showing posts from August, 2021

संयुक्त राष्ट्र संघ र नेपालको सदस्यता

Image
बि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शम्शेर राणाले बिदेशी बिभागको डाइरेक्टर जनरलको रुपमा संयुक्त राष्ट्र संघमा पुगेका थिए । २००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र संघमा केवल ५१ राष्ट्र मात्र सदस्यहरु थिए । जसमध्य ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्याण्डले गठनको एक हप्ता अगाडि मात्र हस्ताक्षर गरेका थिए ।  यसरी गठन भएको संयुक्त राष्ट्र संघमा नेपालमा राणाकाल नै भएको भए पनि चार वर्ष पछि नै सदस्यताको लागी आवेदन गरे । संयुक्त राष्ट्र संघ पुगेका विजय शम्शेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनु पर्ने आधारहरु सबै लेखेका थिए । तर नेपालमा प्रजातान्त्रिक आन्दोलनहरु भइरहेको राणाहरु दमन अत्यधिक रहेको भन्दै नेपाली राष्ट्रिय कांग्रेसले  Establishment of democratic government and human rights in Nepal should be a condition for its membership U.N.O. as was in the case of Spain use veto.  भन्दै संयुक्त राष्ट्र संघलाई पत्र लेखेपछि सोवियत संघले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर खारेज गरिदिए । सुरक्षा परिषदका ९ राष्ट्रको सहमति हुँदा पनि सोवियत संघको

पोखराको आकाशमा यूएफओ दुर्घटना

Image
गएको वर्ष भर्खर भर्खर लकडाउन शुरु भएको थियो । हरेक परिवार भित्र कोरोनाको त्रास सलबलाइरहेको थियो । पृथ्वीमा मानव सभ्यतामा नै कोरोनाले केही असर गर्ने आशंका समेत केहीले बनाउन थालिसकेका थिए । आखिर यसको असर कस्तो हुनेछ भन्ने हरेक ब्यक्तिको तर्क आ-आफ्नै किसिमको हुन थालेको थियो । यस्तैमा २०७६ सालको चैतको १३ गते राती सवा ८ बजे तिर पोखराको आकाशमा उज्यालो वस्तु देखियो । पोखराको आकाशमा पूर्वबाट पश्चिम तर्फ उडेको देखिएको यो वस्तु बलिरहेको आगोको डल्लो जस्तो थियो । हेर्दा त्रासपूर्ण देखिन्थ्यो तर के हो भन्ने थाहा पाउन सकिएन । केही समय मात्र देखिएको यो बलेको आगोको डल्लो केही बेरमा नै हरायो । सौभाग्यवश यो बल्दै गरेको आगोको डल्लो मैले पनि देखे । झर्दा झर्दै खरानी भएको त्यो आगोको डल्लो केही साथीले भने अन्तमा पड्केको थियो पनि भनियो । तर मलाई लाग्दैन यसको कुनै आवाज आएको थियो । किनकी हामीले नजिकै देखेको जस्तो लाग्ने यो वस्तु पृथ्वी देखी ३०-४० किलोमीटर माथि आकाशमा नै बिलाउने गर्दछ । यो तारा वा आकाशिय पिण्ड खसेको होला भन्ने अनुमान गरियो । यो दृश्य देख्नेहरुको लागी भने निकै अनौठो र अविश्वसनिय थियो । प्रत्यक

"नेपाल" नाम बोकेको पानीजहाज समुन्द्रमा

Image
"नेपाल" नाम बोकेको पानीजहाज समुन्द्रमा नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्वार्थलाई पछि सहयोग गर्ने अस्विकार गरि नेपालमा इस्टर्न नेभिगेसन कम्पनी नामबाट छुट्टै कम्पनी खुल्यो । पछि रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी यसै मार्फत पानीजहाज किन्ने निर्णय गरियो। नरेन्द्रलक्ष्मी नामक पानीजहाज पहिलो किस्ता स्वरूप रवीशम्शेरले रकम बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुगेको थियो । झन्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिन पुगेको नेपाली पानीजहाज त्यहीँबाट फिर्ता भयो। रवीशम्शेरले पठाएको दोश्रो किस्ता जहाज कम्पनीको एजेन्टले कमिशन बापत लिइदियो । तेश्रो किस्ता बुझाउनु पर्ने समयमा पनि रकम समयमा बुझाउन नसक्दा रवीशम्शेरलाई हम्मे पर्यो । जसले गर्दा उसले पनि हात उठायो । अर्थ मन्त्रालयको कारणले गर्दा नेपाल स

हनुमन्ते खोलाको पुल

Image
भक्तपुरको हनुमान खोला काठमाडौको बागमती जस्तै महत्वपूर्ण नदी हो । भक्तपुरलाई पूर्वबाट दक्षिण तर्फ घेरेर रहेको खोला ख्वपँको बिकाससंगै अभिन्न रुपमा रहेको खोला हो । हनुमान खोला भक्तपुरको उत्तर पूर्वमा रहेको महादेव पोखरी डाँडाबाट नगरकोट र बागेश्वरी डाँडाको बीच भागवाट पश्चिम तर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुदै थिमि तर्फ बग्ने गर्दछ । यो हनुमान खोला जसलाई अचेल हनुमन्ते खोला भनेर चिनिने गरेको छ, मनोहरा नदीसंग मिसिन्छ । काठमाडौ उपत्यकामा बहने प्रमुख सात नदीलाई सात मतीको रुपमा लिने गरिन्छ । शिवपुरी डाँडाको उत्तरबाट बहने बागमती, शिवपुरी डाँडाकै दक्षिणबाट बहने बिष्णुमती, शिवपुरी डाँडाकै दक्षिण पूर्वबाट बहने रुद्रमती (धोबीखोला), मणिचुड पर्वत अर्थात बज्रयोगिनीको डाँडाबाट बहने मणिमती (मनोहरा), बागेश्वरी डाँडाबाट बहने हनुमती (हनुमन्ते), उपत्यकाको अन्य स्थानबाट बहन शुरु भएका इक्षुमती (टुकुचा) तथा भद्रमती (भचाखुशी) गरि यि सात मतीको संगम हुने हुँदा बागमतीलाई सप्तमती पनि भन्ने गरिन्छ । बागमती नदीमा पशुपती मन्दिर आर्यघाटमा बनाइएको पुल तथा भक्तपुरको हनुमन्ते खोलामा बनाइएका पुलहरु एउटै समय कालका हुन् ।

भारतीय राष्ट्रिय गानका संगीतकार रामसिंह ठकुरी

Image
  क्याप्टेन रामसिंह ठकुरी गान्तोकमा भएको एक कार्यक्रममा भारतको राष्ट्रिय गान "जन गण मन अधिनायक जय हे" हो भन्ने धेरैलाई थाहा छ । साथै यसको रचयिता रवीन्द्रनाथ ठाकुर हो भनेर पनि धेरैलाई थाहा छ । तर यस राष्ट्रिय गीतमा संगीत दिने ब्यक्ति नेपाली मूलका हुन् भन्ने धेरैलाई थाहा छैन । राम सिंह ठकुरी नेपाली बाबु आमाबाट भारत हिमाञ्चल प्रदेश धर्मशालाको खन्यारामा १५ अगष्ट १९१४ मा जन्मेका थिए । २/१ गोर्खा राईफलमा भर्ति भएका राम सिंह ठकुरी पछि शुभाष चन्द्र बोसको आजाद हिन्द फौजमा ब्याण्ड मास्टरको रुपमा रहेका थिए । आजाद हिन्द फौजमा ब्याण्ड मास्टरको रुपमा रहँदा गठन भएको आर्केष्ट्रा टोलीमा उनले अधिकांश महात्मा गान्धी सामु राष्ट्रिय गीत "जन गण मन" सुनाउँदै । संगीतकार नेपाली नै राखे । साथै रामसिंहले भारतको लागी राष्ट्रिय गीत लेखे तथा संगीत पनि दिए । यहि क्रममा "जन गण मन"को लागी पनि संगीत भरे । तर गोर्खाली भएको कारणले प्रमुखता दिईएन । रवीन्द्रनाथ ठाकुरले नै संगीत दिएका थिए पनि भनियो । उनको नामको गलत उच्चारण गरेर भारतीय नै रहेको पनि भनियो । उनको नाम रामसिंह ठाकुर लेखियो । तर धेरै

दोलखाको तेल दलिने झोलुङ्गे पुल

Image
तेल दलिने झोलुङ्गे पुल एउटा भिन्न इतिहास बोकेको दोलखाको उत्तरमा रहेको यो झोलुङ्गे पुल संरक्षणको पर्खाइमा रहेको छ । यस पुलको आफ्नै इतिहास छ । यस पुललाई बिशेष रुपले तेल दलिने पुलको रुपमा चिनिने गर्दछ । हुन त यस पुलमा पुल दल्न छाडेको पनि पचास वर्ष भयो । तर पनि यस पुलको बिशेषता अझै पनि कायम नै रहेको छ ।  यस पुल बारेमा जानकारी रेडियो नेपालका दोलखा सम्वाददाता चिरञ्जीवी मास्केले केही महिना अगाडि रेडियो नेपाल अनलाइनमा लेखेका थिए । यहाँ वहाँकै अनुमतिमा वहाँको लेखमा केही फेरबदल सहित प्रस्तुत गर्न गइरहेको छु । तस्विरमा पनि मसंग रहेको ५३ वर्ष अगाडिको तस्विर भन्दा केही भिन्न देखिन्छ ।   बि.सं. २००३ सालमा दोलखा जिल्लाको उत्तरमा रहेको बुलुङ र खारे बिचको जामुनेमा तामाकोशी नदी माथि झोलुङ्गे पुल बनाइएको थियो । खारे, मार्बु, बुलुङ, ओराङ, चंखु गाउँहरुका जनताहरुले तामाकोशीमा कुनै पुल नहुँदा आवतजावतमा दुख पाएको देखेर स्थानिय समाजसेवी प्रयागराज पण्डितले आफ्नो निजि खर्चमा झोलुङ्गे पुल बनाउने सोच बनाए । झोलुङ्गे पुल बनाउनु सहज थिएन । पुलको लागि आबश्यक फलामका मोटा मोटा सिक्रीको आबश्यकता थियो । सिक्री भारतीय बजा

अमेरिकी कुटनैतिक जोडीको बिबाह

Image
हेर्दा साधारण लाग्ने यो तस्विरको अन्तर्कथा निकै रोचक छ । यो तस्विरमा देखिएको जोडी कुनै अमेरिकी पिसकोर भोलेन्टियर वा नेपाल घुम्न आएका कुनै जोडी होइनन् । यि जोडी नेपालको मात्र होइन अमेरिकी प्रशासनमा समेत निकै महत्वपूर्ण जोडी हुन । क्यारोल लाइसी तथा एल्जवर्थ बंकर आफ्नो बिबाह पछिको भोजमा क्यारोल तथा  बंकर पिसकोर बब तथा बिल बोर्साको साथ २०२३ साल पाैषमा खिचिएको यो तस्विरमा देखिएकी महिला क्यारोल लाइसी त्यस समय नेपालका लागी अमेरिकी राजदुत हुनुहुन्थ्यो । वहा २०२९ साल सम्म नेपालका लागी राजदुत रहनु भयो भने त्यस पछि अमेरिकी बिदेश बिभागमा डाइरेक्टर जनरल बन्नु भएको थियो । तस्विरमा देखिनु भएका पुरूष भने त्यतिबेला भियतनामको लागी प्रस्ताविक अमेरिकी राजदुत एल्जवर्थ बंकर हुनुहुन्छ । वहा भियतनामको राजदुतमा करिव ६ वर्ष सेवा गर्नुभए पछि अमेरिका फर्कनु भएको थियो । दुइ पटक सम्म बिशिष्ट स्वतन्त्रता राष्ट्रपति पदक पाएका थिए । अमेरिकामा यो पदक दुइ पटक पाउने सरकारी कर्मचारी केवल दुइ जना मात्र हुनुहुन्छ । वहा एक हुनुहुन्छ भने अर्का इराक युद्धमा निकै महत्वपूर्ण भूमिका खेल्ने कोलिन पाँवेल हुनुहुन्छ । क्यारोल लाइसी स

असनको माछा "असं या न्यालोहं"

Image
दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय बर्ष भन्दा पहिले देखी नै यस ठाउमा बजार लाग्ने गर्थ्यो । भनिन्छ यो बजारमा खोज्न जान्यो भने सबै थोक पाइन्छ ।  असनको माछा "असं या न्यालोहं" असं (असन)को एउटा किंवदन्ती छ । ठिमीको एक ब्यापारीले बाँसको नोलमा चामल बोकेर ल्याएकोमा थाकेर यहि ठाउमा बिसाएछ । पछि चामल बोक्न खोज्दा उचाल्न नसकेर छोडेर गएछ । घर पुगेपछि जहानले कहा खोई चामल भनि सोध्दा अनसं भनेछ । अनसं भनेको नेवारीमा त्यही भनेको थियो । पछि परिवार नै आएर लग्न खोज्दा पनि चामल लग्न सकेन र तान्त्रिक देखाउदा अन्नपूर्ण देवी जमिनमा भएको ले यस्तो भएको यहा मन्दिर बनाउनु पर्छ भने । यसपछि अन्नपूर्णको मन्दिर बनाइयो । अनसं भन्दा भन्दै पछि असं भएको भन्ने कथा प्रचलित छ ।  तस्विरमा भएको माछा यहि असन चोकमै छ । यसको पनि आफ्नै कथा छ । परापूर्वकालमा ज्योतिषीय गणना गर्दा आकाशबाट माछा खस्ने साइत निस्केछ । धेरै ज्योतिषले धेरै ठाउ देखाएछ । अन्तमा दुइजनामा एकले असन अर्कोले टुडिखेलको महांकालमा भन्न थालेछ । अन्तमा यहि असनमा खसेको र त्यसैको प

मटेलाको झोलुङ्गे पुल

Image
राणा प्रधानमन्त्रीहरुमा चन्द्रशम्शेरले भने धेरै बिबाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसंग बिबाह गरेका थिए । बि.सं. १९६१ माघ ३० गते चन्द्र लोकभक्त लक्ष्मी देवीको देहान्त भए पछि बि.सं. १९६२ मा बालकुमारीसंग बिबाह गरेका थिए । बालकुमारीसंग बिबाह गर्दा उनि बनारसमा बस्दथे । तर उनको माइती गाउँ जाजरकोट थियो । उनी जाजरकोटी राजा जङ्गबहादुर शाहकी नातिनी थिइन् । जाजरकोट मटेलाको झोलुङ्गे पुल दरवार पुग्न भेरी नदी तर्नुपर्ने बाध्यता थियो । वर्षातमा भेरीलाई डुङ्गाबाट पनि तर्न समस्या हुन्थ्यो । अझ गाउँलेको लागि त अझ कठिन थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आबश्यक ठाउँमा पक्की आधुनिक झोलुङ्गे पुलहरु निर्माण गर्न थालेको थियो । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुङ्गे पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकाय सम्म पहुँच हुनुपर्थ्यो । अन्यथा दुर्गम स्थानहरुमा पुलको आबश्यकता रहेको थाहा नै हुदैनथ्यो । जाजरकोटको भेरी नदीमा पुल राख्नको लागि चन्द्रशम्शेरकी रानी बालकुमारीले चन्द्रशम्शेरलाई आग्रह गरे । जसले गर्दा चन्द्रशम्शेरले तत्कालिन इञ्जिनियर कुमार नरसिं

जङ्गबहादुरको प्रिय हात्ती जङ्गप्रसाद

Image
राणा कालका धेरै कुरा प्रख्यात हुने गर्दथ्यो । राणाका दरवार, राणाका शिकार, राणाको दरवार भित्रका चर्चा परिचर्चा । जङ्गबहादुरबाट शुरु भएको राणाका भित्री र बाहिरी कथा र अकथाहरुले अझै पनि ठेलीका ठेली कितावहरु तैयार गर्न सकिन्छ । राणाकालको शुरुवात गर्ने जङ्ग बहादुरको पनि बिभिन्न कथा छन् । कहिले उनको वीरताको कथा गुनगुनाइन्छ भने कहिले उनको विलासिताको कथा पढिन्छ । त्यो बेला नेपालको पहिलो राजकिय भ्रमणको रुपमा बेलायत पुगेर महारानीलाई भेटिन । फ्रान्स पुगेर राष्ट्रपति नेपोलियन तेश्रोलाई भेटे । त्यस्तैमा म त्यहि समयको जङ्गबहादुरको हात्तीको कथा लिएर आएको छु । राणाकालको उत्कर्षताको समय राणाहरुले ब्रितिस राजसंग फाइदा लिन शुरु भएको "Shikar Diploacy" शिकार कुटनितीको निकै महत्व छ । तसर्थ यहि शिकारको लागी हात्तीको महत्व पनि त्यतिकै छ । त्यो बेला केवल नेपालमा मात्र होइन भारतीय राज्यहरुमा पनि हात्तीको चर्चा हुने गर्दथ्यो । बिभिन्न नाम गरेका हात्तीले राज्यको शोभा बढाएको इतिहासहरु पढ्न पाइन्छ । यहाँ चर्चा गर्न लागेको पहिलो हात्तीको नाम भने "जङ्गप्रसाद" हो । जङ्गबहादुरको समयको सबैभन्दा ठूलो

कोशी ब्यारेजको पुल

Image
बैशाख १३, २०११ आइतवारको दिन भारत सरकार र नेपाल सरकार बिच एक सम्झौता भयो । त्यस सम्झौतामा भारत सरकारका तर्फबाट बिजुली तथा सिचाइ मन्त्री गुलजारीलाल नन्दा तथा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । विवादास्पद यो सन्धीलाई "कोशी सम्झौता"को रुपमा लिने गरिन्छ । त्यस बेलाका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको असक्षमताले यो सम्झौतामा धेरै त्रुतिहरु भएका थिए । यस पछि पनि अहिले कोशी उच्च बाँधको लागि भारत लागि परेको छ । साथै यस उच्च बाँधमा पनि नेपाललाई बिभिन्न लोभलालच देखाउन थालेको छ । करिव २६९ मीटर अग्लो बनाउने प्रस्ताव गरेको कोशी उच्च बाँधले नेपालले ५.५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पाउने तथा ३३०० मेगावाट बिद्युत उत्पादन हुने भनिएको छ । तर २६९ मीटर अग्लो बाँधले नेपालको कति बस्तिलाई पानी मुनि डुबाइनेछ भन्ने हेक्का भने राख्न सकेका छैनन् । हुन त कोशी सम्झौता भन्दा अगाडि राणाकालमा नै भारतले नेपालबाट बाँध सम्बन्धी मौखिक अनुमति लिइसकेको रहेछ । बि.सं. २००२ सालमा नै भारतले चतरामा ७४० फिट अग्लो बाँध बनाउने योजना अगाडि बढाइसकेको रहेछ । कोशीमा ठूलो प

कथा दलवीर सिंह कामीको

Image
नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, "सतीले सरापेको देश" । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार सुनाउन दरवार पसेका भीम मल्ललाई राजाको दलवीरको सुखी र खुशी परिवार आदेशमा सैनिकले ढोकामा नै काटेका थिए । यो समाचार सुनेर बिक्षिप्त बनेका उनको पत्नीले सती जाने बेलामा सरापेका थिए, "नेपाल दरवारमा भलो चाहनेको यस्तै गति होस" । भीमसेन थापाको दुखद अन्त पछि पनि उनकी श्रीमतीले यहि बाक्य दोहोर्याएको भनिन्छ । हुन पनि यो देशको इतिहास पल्टाएर हेर्यौ भने हामीले यस्तै इतिहासका प्रमाणहरु पाउँछौ । चाहे भीमसेन थापा होस वा बहादुर शाह दुबैले देशको लागी धेरै गरे तर देशले यि दुबैको दुखद अन्त पनि देख्दै नदेखे झै गरे । यि कथा वा भनौ इतिहासका पाना सयौ वर्ष अगाडिको थियो । तर यहाँ केवल ४८ वर्ष अगाडि देशको लागि महत्वपूर्ण एक ब्यक्तित्वको गुमनाम मृत्यु भयो । अझ भनौ हत्या भयो तर कसैला