Posts

Showing posts from May, 2026

सरन कुमार प्रधान नेपाली आधुनिक संगीतका एक नक्षत्र

Image
सरन कुमार प्रधान , दार्जिलिङमा जन्मिनु भएर नेपाली गीत संगीतका लागि महान योगदान पुर्याउनु हुने गीतकार तथा संगीतकार हुनुहुन्छ । वहाँले लामो उमेर त पाउनु भएन तर छोटो उमेरमा पनि नेपाली गीत–संगीतका लागि महान योगदान पुर्याउनु भयो । वहाँको नाम नेपाली गीत संगीतको इतिहासमा सधैका लागि अमर रहनेछ । जन्म र पारिवारिक पृष्ठभूमि ८३ वर्ष अगाडि आजकै दिन नेपालको सिमावर्ती रमणीय शहर दार्जिलिङमा सरनकुमार प्रधानको जन्म भएको थियो । संयोगले आजकै दिन ५२ वर्ष अगाडि , २०३१ बैशाख २० गते वहाँको देहावसान पनि भएको थियो । कहिले काँहीको यो संयोग खुशीले मनाउने वा दुखले मनाउने भन्नेमा अन्यौल हुने गर्दछ । बि.सं. २००० बैशाख २० (१९४३ मइ ४) गते दार्जिलिङको प्रधान परिवारमा जन्मनु भएको थियो । बुबा हर्कबहादुर प्रधान बैंकका जागीरे हुनुहुन्थ्यो भने आमा कवि राईनी ब्यबसायी हुनुहुन्थ्यो । वहाँहरु दार्जीलिङको रेलवे स्टेशन नजिकै सिंह बिल्डिङमा बस्नुहुन्थ्यो । जुन भवनमा होटल कञ्चनजंघाका साथ साथ वहाँहरु पनि बस्नुहुन्थ्यो । सरनका एक भाइ लेखकुमार प्रधान पनि हुनुहुन्थ्यो । बुबा आमा सम्पन्न भएकै कारण सरन प्रधानको बाल्यकाल सुखसयलमा नै ब...

अप्प दिपो भव !

Image
बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्य संघले दण्डित गरेको थियो । कोलिय गणराज्य र कपिलवस्तु गणराज्य बीच बहने रोहिणी नदीको पानी दुवै राज्यले बराबर बाड्नुपर्छ भन्ने सिद्धार्थको मतमा विवादित भएर जनमत हुँदा सिद्धार्थको हार भए पछि मृत्युदण्ड र राज्य त्याग मध्य एक रोज्न लगाएका थिए शाक्य संघले । सिद्धार्थले जीवनको बैराग्यताबाट मुक्ति चाहेका थिए, यसर्थ स्वेच्छाले राज्यबाट निस्कन तैयार भए । तर पछि यिनै सिद्धार्थ गौतम, बुद्ध बनेपछि बिरक्तिएर राज्य त्यागेको वर्णित गरे तिनै शाक्य संघले । बुद्धको महापरिनिर्माण हुनु पूर्व उनका काका महानाम शाक्यको राज्यकालको समयमा कोलिय राज्यका राजा विडूडभले आक्रमण गरेर कपिलवस्तु राज्य नै ध्वस्त बनाएका थिए । यसरी कपिलवस्तु ध्वस्त गराइँदा हजारौं शाक्यहरुको मृत्यु भयो भने हजारौं जीवन बचाउन राज्य त्यागेर भागे । यसरी भागेका शाक्यहरुको अस्तित्व पश्चिममा अफगानिस...