Posts

Showing posts from September, 2021

नेपालमा फुटबल

Image
  विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा नबाँधिएको फुटबल खेल्नको लागि ठूलो मैदानको आबश्यकता पर्दथ्यो । कति संख्या खेलिने भन्ने निश्चित नहुँदा जथाभावी खेल खेलिने गरिन्थ्यो । खुट्टाले मात्र होइन हातका मुक्काले पनि फुटबललाई हान्न पाइन्थ्यो । तर बलबाट खेलिने खेलको शुरुवात भने इसा पूर्व ३००० वर्ष पहिले मेसोमेरिकन भनेर भनिने अहिलेको उत्तर अमेरिकी देश मेक्सिको नजिकै शुरुवात भएको थियो । एज्टेक सभ्यताको समय रवरका बलबाट खेलको शुरुवात भएको थियो । Tchateli भनिने सो खेलमा बललाई सूर्य देवताको प्रतिकको रुपमा खेलिन्थ्यो । तसर्थ हार्ने टिमको क्याप्टेनको बलि देवतालाई दिइन्थ्यो । आधुनिक फुटबलको शुरुवात जङ्गबहादुरको शासनकालको शुरुवात तिर बेलायतमा भएको थियो । बेलायतीहरुले फुटबल खेलका केही नियमहरु बनाएका थिए । यस पछि बिसं १९२० मा बेलायतमा फुटबलले ब्यबसायिकता पायो । टिम मात्र होइन फुटबलको एशोशियसन नै बन्यो । साथै फुटबलमा केही महत्वपूर्ण परिवर्तनहरु भए । यस एशोशियसनले फुटबल ना

संविधान र नेपाल

Image
हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविधानमा संशोधन गर्नु अनौठो लाग्दैन । तर नेपालमा संविधान नै बदल्ने काम बारम्बार भइरह्यो । कतिपय देशमा अझै पनि सयौं वर्ष पहिले लेखिएका संविधानहरु नै छन् । इटालीको एक छेउमा अवस्थित सानो राष्ट्र सान मारिनोमा ४२१ वर्ष पुरानो संविधान छ, अमेरिकामा २३३ वर्ष पुरानो संविधानले नै काम गरेको छ । तर नेपालमा भने संविधानको परिवर्तनसंगै संविधान दिवसका तिथिमिति पनि बदलिने गर्दछ । निकै वर्ष पुस १ मा संविधान दिवस मान्दै आएको हाम्रो पिढीले बिगतका केही वर्षमा संविधान दिवस कहिले भन्ने अन्योल हुने गरि मिति परिवर्तन हुँदै आएका छन् । पृथ्वीनारायण शाहले उपत्यका विजय पछि धार्मिक मान्यता तथा भारदारी सभाले गर्ने निर्णय नै कानुन हुन्थे । जंगबहादुरले १९१० मा देशको पहिलो मुलुकी ऐन घोषणा गरेपछि संविधानको प्र