Posts

Showing posts from April, 2026

२००६ सालमा भएको पोखराको भयावह आगलागी

Image
७६ वर्ष अगाडि भएको त्यो भयावह आगलागी जसले पोखरालाई आधुनिक पोखरामा बिस्तारै परिवर्तन गरायो । पोखराको प्राकृतिक सुन्दरताले जो कोहीलाई पनि लोभ्याउने गर्दछ , चाहे ती ब्यक्ति स्वदेसी हुन या विदेसी । पोखराको उत्तर तर्फ लहरै देखिने हिमश्रृंखला, हिमालको कदलाई पछ्याउदै गरेका हरियाली पहाडहरु र तिनै पहाडको काखमा कैद भएको यो सुन्दर पोखरा, दिनभरी हेरीरहे पनि मन अघाउँदैन । तर के हामी कल्पना गर्नसक्छौं, प्रकृति प्रदत्त यो सुन्दर शहर ईतिहासको कुनै कालखण्डमा खण्डहर हुनेगरी भूकम्प तथा आगलागीबाट प्रताडित भएको थियो ? आज पोखराको त्यही कहाली लाग्दो ईतिहासको चर्चा गर्न गईरहेको छु । भूगर्भविदहरुको अनुसन्धानले पोखरा उपत्यकामा आजभन्दा करिव दश हजार वर्ष अगाडी भयावह वाढी आएको थियो । उक्त बाढीले पोखरा क्षेत्र पुरै डुबानमा परी ठूलो तालमा परिणत भएको थियो । कालान्तरमा उक्त ताल सुकेर गेग्य्रान र जङ्गलमा परिणत भएको थियो । त्यसपछि पून बि.सं. १३१२ को असारमा आएको ठूलो भूकम्पले अन्नपूर्ण चौथो हिमालको टुप्पाको करिव ५०० मीटर चोइटिएर खस्दा हिमनदीको निकास रोकिन गइ, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल बिचमा रहेको बिशाल साब्चे उपत्यक...

राराको सौन्दर्य पछाडि लुकेको पीडा

Image
६० वर्ष अगाडि आजकै दिन २०२० फागुन २० गते मंगलवार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने वहाँ नै पहिलो बाहिरी ब्यक्ति हुनुहुन्थ्यो । केवल त्यहिँका वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाँउ बाहिरकाहरु कमैलाई मात्र थाहा थियो । राजा रारा पुगेको केही वर्ष पछि रारामा Christoph von Fürer-Haimendorf पुगेका थिए । उनले त्यो समय फिल्म पनि खिचेका थिए । रारा देखेर राजा महेन्द्र यति मन्त्र मुग्ध भए कि त्यही ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरिहाले । राजा महेन्द्रले कविता कोरेको चाैतारा र कविता सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा राराकी अप्सरा राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागे । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरताले बिगार्न नहुने बिचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आकलन गरेर रारालाई बस्तीरहित बनाउनु पर्ने निधो भयो । राजा पुग्नु केहीको लाग...