Posts

२००६ सालमा भएको पोखराको भयावह आगलागी

Image
७६ वर्ष अगाडि भएको त्यो भयावह आगलागी जसले पोखरालाई आधुनिक पोखरामा बिस्तारै परिवर्तन गरायो । पोखराको प्राकृतिक सुन्दरताले जो कोहीलाई पनि लोभ्याउने गर्दछ , चाहे ती ब्यक्ति स्वदेसी हुन या विदेसी । पोखराको उत्तर तर्फ लहरै देखिने हिमश्रृंखला, हिमालको कदलाई पछ्याउदै गरेका हरियाली पहाडहरु र तिनै पहाडको काखमा कैद भएको यो सुन्दर पोखरा, दिनभरी हेरीरहे पनि मन अघाउँदैन । तर के हामी कल्पना गर्नसक्छौं, प्रकृति प्रदत्त यो सुन्दर शहर ईतिहासको कुनै कालखण्डमा खण्डहर हुनेगरी भूकम्प तथा आगलागीबाट प्रताडित भएको थियो ? आज पोखराको त्यही कहाली लाग्दो ईतिहासको चर्चा गर्न गईरहेको छु । भूगर्भविदहरुको अनुसन्धानले पोखरा उपत्यकामा आजभन्दा करिव दश हजार वर्ष अगाडी भयावह वाढी आएको थियो । उक्त बाढीले पोखरा क्षेत्र पुरै डुबानमा परी ठूलो तालमा परिणत भएको थियो । कालान्तरमा उक्त ताल सुकेर गेग्य्रान र जङ्गलमा परिणत भएको थियो । त्यसपछि पून बि.सं. १३१२ को असारमा आएको ठूलो भूकम्पले अन्नपूर्ण चौथो हिमालको टुप्पाको करिव ५०० मीटर चोइटिएर खस्दा हिमनदीको निकास रोकिन गइ, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल बिचमा रहेको बिशाल साब्चे उपत्यक...

राराको सौन्दर्य पछाडि लुकेको पीडा

Image
६० वर्ष अगाडि आजकै दिन २०२० फागुन २० गते मंगलवार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने वहाँ नै पहिलो बाहिरी ब्यक्ति हुनुहुन्थ्यो । केवल त्यहिँका वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाँउ बाहिरकाहरु कमैलाई मात्र थाहा थियो । राजा रारा पुगेको केही वर्ष पछि रारामा Christoph von Fürer-Haimendorf पुगेका थिए । उनले त्यो समय फिल्म पनि खिचेका थिए । रारा देखेर राजा महेन्द्र यति मन्त्र मुग्ध भए कि त्यही ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरिहाले । राजा महेन्द्रले कविता कोरेको चाैतारा र कविता सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा राराकी अप्सरा राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागे । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरताले बिगार्न नहुने बिचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आकलन गरेर रारालाई बस्तीरहित बनाउनु पर्ने निधो भयो । राजा पुग्नु केहीको लाग...

२०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी

Image
  २०४६ सालको जनआन्दोलनको उपलब्धिस्वरूप ३० वर्ष लामो पञ्चायती शासन समाप्त भयो । र दलहरूमाथिको प्रतिबन्ध हट्यो । तर आन्दोलनको सफलताका लागि भारतसँग गरिएका गोप्य सहमतिहरू भने राष्ट्रप्रतिको घात थियो । नेपालका राजनीतिक दलहरूले आन्दोलन सफल बनाउन जनतालाई नाकाबन्दीको मार झेल्न लगाए । साथसाथै सडकमा लगेर शहीद बनाउने नाममा मृत्युवरण गर्न लगाए । तर आफूहरू बन्द कोठाभित्र खाका बुन्दै बसे । भूकम्पबाट भएको क्षति अवलोकन गर्नुहुँदै राजदम्पती २०४५ भदौ ५ गते बिहानै ५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गयो । यो   भूकम्पबाट मध्य र पूर्वी नेपालमा गरेर ७ सय २१ जनाले जीवन गुमाउन पुगे । त्यसबेला धरान र भक्तपुरमा अत्यधिक क्षति पुगेको थियो । धरानमा मात्रै १ सय १६ जनाले ज्यान गुमाएका थिए । भक्तपुरमा राहत वितरणका नाममा भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योजूको हत्यासमेत भयो । सरकार   राहत तथा पुनर्निर्माणका काममा लागिरहेका थियो   । २०४५ को चैतमा भारतले नाकाबन्दी लगायो । छिमेकीलाई सहयोग गर्नुपर्ने ठाउँमा नाकाबन्दी लगाएर अझै आक्रान्त बनायो । किन गर्‍या...

वीरशमशेर

Image
बि.सं. १९५७ को फागुन २३ गते (सन १९०१ को मार्च ५ तारिख) फागु पूर्णिमाका दिन श्री ३ वीरशमशेरको देहावसान भएको थियो । केवल ४८ वर्ष दुइ महिनाको उमेरमा देहावसान भएका श्री ३ वीरशमशेरका बारेमा केही कुराहरु भन्ने गरिन्छ । जुन कुरा उनकै वंशका राणा इतिहासका ज्ञाता पुरुषोत्तम शमशेरले पनि उल्लेख गरेका छन् । बि.सं. १९४२ को भद ौ मा माहिला साहेवज्यू उपेन्द्र विक्रम शाहले तान्त्रिक साधना गरेको एक जन्तर वीरशमशेरका पाखुरामा लगाइदिएका थिए । र भनेका थिए, जुवाइ अब तिमी महाराज भय ौ । उनको यो कुरा सुनेर त्यहाँ भएका सबै हाँसे । तर तीन महिना भित्र नै वीरशमशेर लगायतका धीरशमशेरका छोराहरुले ठूलो बुबा रणोद्वीपको हत्या गरेर महाराज बने । त्यसपछि वीरले आ फ्नो ससुराले साधना गरेर दिएको जन्तर सधै लगाएर हिड्न थाले । वर्ष ौ सम्हालेर लगाइ रहेको जन्तर अन्तत १९५७ को तिहारको समाप्तिको केही दिन पछि हरायो । दरवार भित्र नै हराएको हुँदा कसैले चोरेको शंकामा सबैको खानतलासी गर्दा समेत भेटिएन । जन्तर हराए पछि वीरशमशेरला ई एउटा डर पैदा भयो । जन्तरका कारणले पाएको महाराज कतै जन्तर हराएसंगै गुम्ने त होइन भन्ने पिर परेको थियो । तर वा...