Posts

६० वर्ष अगाडिको यात्रा कथा

Image
  २०२० सालतिर नेपाल प्रति रुचि राख्ने केही युवाहरु बेलायतमा जम्मा भएका थिए । त्यतिबेला बेलायतमा बेलायत नेपाल सोसाइटीमा आबद्ध भएपछि त्यसमा सूदुर पूर्वमा रहेको हिमाली राज्य नेपाल प्रति रुचि राख्नेहरुको समुह नै बनेको थियो । त्यहाँ जम्मा हुँदा नेपाल सम्बन्धी निकै कुराहरु हुन्थे । त्यस सोसाइटीका केही सदस्य हिमाल आरोहीहरु पनि थिए । केही कूटनीतिज्ञहरु पनि थिए । केही गोर्खा रेजिमेन्टका सैनिक अफिसरहरु थिए । केही भने लण्डनमा काम गर्ने नेपाली र बेलायतमा अध्ययन गर्न आएका नेपालीहरु थिए । कहिले काँही सोसाइटीको भेटघाट नेपाली राजदुतावासमा हुन्थ्यो । यसले गर्दा हामीलाई झन बढी नेपाल प्रति रुचि बढ्दै गयो र एकपटक नेपाल घुम्न जाने इच्छा जाग्न थाल्यो । हाम्रो योजना अनुसार भारतको सिमा निकट रहेको बुटवलबाट १३० किलोमिटर पैदल यात्रा शुरु गरि पोखरा पुग्ने र पोखराको केही दिनको बसाइ पछि पोखरा विमानस्थलबाट डिसी ३ जहाजमा काठमाडौ उड्ने थियो । त्यसपछि गाडीमा रक्सौल तर्फ यात्रा गरेर नेपाल छोड्ने थियो । यात्रा आरम्भ   नौतनवा-बुटवल-तानसेन अन्तत हामी हाम्रो सपना साकार गर्न २०२३ सालको असोज ८ गते शनिवारको र...

सरन कुमार प्रधान नेपाली आधुनिक संगीतका एक नक्षत्र

Image
सरन कुमार प्रधान , दार्जिलिङमा जन्मिनु भएर नेपाली गीत संगीतका लागि महान योगदान पुर्याउनु हुने गीतकार तथा संगीतकार हुनुहुन्छ । वहाँले लामो उमेर त पाउनु भएन तर छोटो उमेरमा पनि नेपाली गीत–संगीतका लागि महान योगदान पुर्याउनु भयो । वहाँको नाम नेपाली गीत संगीतको इतिहासमा सधैका लागि अमर रहनेछ । जन्म र पारिवारिक पृष्ठभूमि ८३ वर्ष अगाडि आजकै दिन नेपालको सिमावर्ती रमणीय शहर दार्जिलिङमा सरनकुमार प्रधानको जन्म भएको थियो । संयोगले आजकै दिन ५२ वर्ष अगाडि , २०३१ बैशाख २० गते वहाँको देहावसान पनि भएको थियो । कहिले काँहीको यो संयोग खुशीले मनाउने वा दुखले मनाउने भन्नेमा अन्यौल हुने गर्दछ । बि.सं. २००० बैशाख २० (१९४३ मइ ४) गते दार्जिलिङको प्रधान परिवारमा जन्मनु भएको थियो । बुबा हर्कबहादुर प्रधान बैंकका जागीरे हुनुहुन्थ्यो भने आमा कवि राईनी ब्यबसायी हुनुहुन्थ्यो । वहाँहरु दार्जीलिङको रेलवे स्टेशन नजिकै सिंह बिल्डिङमा बस्नुहुन्थ्यो । जुन भवनमा होटल कञ्चनजंघाका साथ साथ वहाँहरु पनि बस्नुहुन्थ्यो । सरनका एक भाइ लेखकुमार प्रधान पनि हुनुहुन्थ्यो । बुबा आमा सम्पन्न भएकै कारण सरन प्रधानको बाल्यकाल सुखसयलमा नै ब...