Posts

Showing posts from March, 2024

फागु कि होली

Image
बेला बेला देशलाई सम्झ्यो भने सांस्कृतिक रुपले यहाँको सरकारले नै देशलाई बिभक्त गरे झै लाग्छ । नेपाल सरकारको सूचनाका आधारमा कहिले नेवा:हरुको किजा पूजा र अन्यको भाइ टीका भनेर सरकार नियन्त्रित पञ्चांग निर्णायक समितिले घोषणा गरेको पाउँछौ । कहिले नेवाःहरुको म्हःपूजा अन्यको गोवर्धन पूजा भनेर पात्रोमा लेखेको पाउँछौ । यस्तै तराइको फागु र पहाडको फागु भनेर दुइ दिन सरकारी पात्रोमा छुट्टी दिन थालेको पनि बर्षौ भयो ।  झापाको फागु  देशमा २०४६ सालको जनआन्दोलन भर्खर भर्खर शुरु हुँदै गर्दा २०४६ सालको फागुन २२ गते नेपाल सरकारले २०४७ सालको वार्षिक सार्वजनिक तथा पर्व बिदाहरुको सूचना राजपत्रमा प्रकाशित गर्दा फागु पूर्णिमाको बिदा केवल एकदिन फागुन १६ गते बिहिवार भनेर प्रकाशित गरेको थियो । यसपछि जनआन्दोलनको सफलता पछि देशमा परिवर्तन आयो । देशमा पञ्चायती ब्यबस्थाको समाप्तिसंगै बहुदलिय ब्यबस्थाको शुभारम्भ भयो । पञ्चायती ब्यबस्थाको अवसानसंगै धेरै कुराहरुको परिवर्तन त्यसपछिका सरकारले गर्दै गए । यस्तैमा २०४७ असोज ८ गते गृहमन्त्रालयको सूचना प्रसारित भयो । जसमा २०४७ सालको सार्वजनिक तथा पर्व बिदाहरुको संशोधनको सूचना थिय