अमेरिकी कुटनैतिक जोडीको बिबाह

हेर्दा साधारण लाग्ने यो तस्विरको अन्तर्कथा निकै रोचक छ । यो तस्विरमा देखिएको जोडी कुनै अमेरिकी पिसकोर भोलेन्टियर वा नेपाल घुम्न आएका कुनै जोडी होइनन् । यि जोडी नेपालको मात्र होइन अमेरिकी प्रशासनमा समेत निकै महत्वपूर्ण जोडी हुन ।

क्यारोल लाइसी तथा एल्जवर्थ बंकर
आफ्नो बिबाह पछिको भोजमा
क्यारोल तथा बंकर पिसकोर
बब तथा बिल बोर्साको साथ
२०२३ साल पाैषमा खिचिएको यो तस्विरमा देखिएकी महिला क्यारोल लाइसी त्यस समय नेपालका लागी अमेरिकी राजदुत हुनुहुन्थ्यो । वहा २०२९ साल सम्म नेपालका लागी राजदुत रहनु भयो भने त्यस पछि अमेरिकी बिदेश बिभागमा डाइरेक्टर जनरल बन्नु भएको थियो ।
तस्विरमा देखिनु भएका पुरूष भने त्यतिबेला भियतनामको लागी प्रस्ताविक अमेरिकी राजदुत एल्जवर्थ बंकर हुनुहुन्छ । वहा भियतनामको राजदुतमा करिव ६ वर्ष सेवा गर्नुभए पछि अमेरिका फर्कनु भएको थियो । दुइ पटक सम्म बिशिष्ट स्वतन्त्रता राष्ट्रपति पदक पाएका थिए । अमेरिकामा यो पदक दुइ पटक पाउने सरकारी कर्मचारी केवल दुइ जना मात्र हुनुहुन्छ । वहा एक हुनुहुन्छ भने अर्का इराक युद्धमा निकै महत्वपूर्ण भूमिका खेल्ने कोलिन पाँवेल हुनुहुन्छ ।
क्यारोल लाइसी सिलिगढीमा
क्यारोल लाइसी तथा एल्जवर्थ बंकर
बिरुवा गुठीका गाउँलेहरु संग
अव तस्विरको कथामा जाउ । यो तस्विरको समय निकै महत्वपूर्ण हुनुको कारण यो यि दुइ बिशिष्ट अमेरिकी नियोग प्रमुखको बिबाह लगत्तैको तस्विर हो । २०२३ पाैष १९ गते ५० वर्षिया क्यारोल र ७२ वर्षिय बंकर बिच बिबाह भएको थियो । वहाहरूले बिरगंज नजिकै पर्साको बिरूवा गुठी गाउमा बिबाह गरेका थिए । साथै उनिहरूले हनिमुन पनि त्यही गाउको पंचायतको कार्यालय संगै रहेको फुसको घरमा मनाएका थिए । साधारण फुसको घरमा माटोको भुइमा नै वहाहरूको लागी ओछ्यान तैयार पारिएको थियो ।
अमेरिकी राजदूत क्यारोल लाइसी
त्यही रात वहाहरूको लागी तैयार पारिएको रातको खाना वहाहरूले संगै खादै गर्दा यो तस्विर खिचिएको हो । निकै अग्ला बंकर त्यो घरको होचो ढोकामा निकै पटक टाउको ठोकाउन पुगेका थिए ।

निकै वर्ष अमेरिकी सरकारमा सेवा गरेका क्यारोलको २०४८ सावन ९ गते क्यान्सरको कारणले मृत्यु भएको थियो भने उनका पति बंकरको ९० वर्षको उमेरमा २०४१ असोज ११ गते मृत्यु भएको थियो ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस

पोखराको ताहामचा