Posts

फागुन ७ र नेहरुको चालवाजी

Image
फागुन ७ देशकै एक गर्वित दिन । यस दिन देशले प्रजातन्त्र पाएको थियो । १०४ वर्ष लामो पारिवारिक राणाशासनबाट मुक्ति पाएको दिन थियो यो दिन । नाम मात्रको राजा रहने तथा सम्पूर्ण राजनैतिक , सामाजिक तथा आर्थिक अधिकार राणाहरुका आफ्नै परिवार भित्र मात्रै निहित हुने हुँदा राणाकाललाई जहाँनिया शासनको रुपमा लिने गरिन्छ । हामीले इतिहासमा पढेका विवरणहरु अनुसार राजा त्रिभुवन नै राणाशासन बिरुद्ध मोर्चावन्दीमा लागेर राजतन्त्रकै बाजी थापेर प्रजातन्त्र ल्याएका थिए । त्यसैले हामीले राजा त्रिभुवनलाई राष्ट्रपिता तथा फागुन ७ को त्यो अविस्मरणिय दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाउन थालेका हौ । राजा त्रिभुवन के साच्चै राजा त्रिभुवन त्यति गर्व गर्न लायक थिए वा के राजा त्रिभुवनकै नेतृत्वले गर्दा राणाशासनको अन्त्य भएको थियो । राणाशासन विरुद्धको मोर्चावन्दी गर्न के भारतीय राजदूतावास नै शरण लिनु आबश्यक थियो । के देशमै बसेर राणाविरुद्ध लाग्न सकिदैनथ्यो त ! भारतीय राजदूतावास भित्र लुक्न जानु वा भारतसंग शरण माग्नु त कायरता होइन र ? कुनै बेला राजा सुरेन्द्रले पञ्जाछाप लगाएर सरकार चलाउने अधिकार दिए पछि त्यो पञ्जाछाप रद्द ...

नेपालमा फुटबल

Image
  विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा नबाँधिएको फुटबल खेल्नको लागि ठूलो मैदानको आबश्यकता पर्दथ्यो । कति संख्या खेलिने भन्ने निश्चित नहुँदा जथाभावी खेल खेलिने गरिन्थ्यो । खुट्टाले मात्र होइन हातका मुक्काले पनि फुटबललाई हान्न पाइन्थ्यो । तर बलबाट खेलिने खेलको शुरुवात भने इसा पूर्व ३००० वर्ष पहिले मेसोमेरिकन भनेर भनिने अहिलेको उत्तर अमेरिकी देश मेक्सिको नजिकै शुरुवात भएको थियो । एज्टेक सभ्यताको समय रवरका बलबाट खेलको शुरुवात भएको थियो । Tchateli भनिने सो खेलमा बललाई सूर्य देवताको प्रतिकको रुपमा खेलिन्थ्यो । तसर्थ हार्ने टिमको क्याप्टेनको बलि देवतालाई दिइन्थ्यो । आधुनिक फुटबलको शुरुवात जङ्गबहादुरको शासनकालको शुरुवात तिर बेलायतमा भएको थियो । बेलायतीहरुले फुटबल खेलका केही नियमहरु बनाएका थिए । यस पछि बिसं १९२० मा बेलायतमा फुटबलले ब्यबसायिकता पायो । टिम मात्र होइन फुटबलको एशोशियसन नै बन्यो । साथै फुटबलमा केही महत्वपूर्ण परिवर्तनहरु भए । यस एशोशियसनले फुटब...