Posts

Showing posts from November, 2026

बयालीस साल पर्व र हामीले नसुनेका कथा

Image
आजको ठीक १४१ वर्षअगाडि १९४२ कात्तिक शुक्ल पूर्णिमा अर्थात् मंसिर ९ गते तदनुसार इ.सं. १८८५ नोभेम्बर २२ आइतबारका दिन राणा शासनले कोल्टे फेरेको थियो । पाण्डे, बस्न्यात, थापा तथा चौतारियाहरूलाई समाप्त पारेर कोतपर्वबाट सत्तामा पुगेका जङ्गबहादुरको मृत्युको दश वर्ष नपुग्दै जङ्गबहादुरका सन्तानहरू तथा अन्य दाजुभाइका सन्तानहरूलाई सिध्याएर धीर शमशेरका सत्र भाइ शमशेर खलकमा एकछत्र सत्ता पुगेको दिन हो । जङ्गबहादुरले राजनीतिक खिचातानी चलिरहँदा कोतपर्वमार्फत देशमा खिचातानीको राजनीति समाप्त गरेका थिए । तर, बयालीस साल पर्वले पारिवारिक सत्ता लोलुपताले गर्दा हत्या हिंसा अंगिकार गरेर सत्तामा शमशेर खलकको राज भएको थियो । यसर्थ दुवैलाई एउटै नजरमा हेर्न सकिँदैन । सुरुवात धीर शमशेरबाट हुन त बयालीस साल पर्व श्री ३ रणोद्वीप सिंहको हत्या गरी धीर शमशेरका सन्तान श्री ३ हुने प्रपञ्च नै थियो। तर याे जङ्गबहादुरका सन्तान खासगरी जगतजङ्गलाई सिध्याउने खेल पनि थियो । तर, यस खेलको सुरुवात धीर शमशेरले ३८ साल पर्वका नाममा प्रचलित भाइभारदार हत्या गरेको घटनाबाट नै सुरु भएको थियो । १९३३ सालमा श्री ३ जङ्गबहादुरको मृत्यु भएपछि श्री...