Posts

Showing posts from August, 2024

२०४५ सालको भूकम्प र ह्योजुको हत्या

बि.सं. २०४५ भदौ ५ गते १९८८ अगष्ट २१ आइतवारका दिन बिहान ४:५५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु भएर ६.६ रेक्टरको भूकम्प गएको थियो । यस भूकम्पले गर्दा ७१७ जनाको मृत्यु भएको थियो भने ६,४४५ जना घाइते भएका थिए । यस भूकम्पले गर्दा २२,६६५ घर पूर्ण क्षति भएको थियो भने ४२,४८० घर बस्न नमिल्ने गरि चर्किएका थिए । यस भूकम्पले सबैभन्दा बढि असर धनकुटा र धरानलाई गरेको थियो ।  धरान अत्यधिक तहसनहस नै भएको थियो । सुनसरी जिल्लामा मात्र १३८ जनाको मृत्यु भएको थियो । ३२७ जना गम्भीर घाइते तथा १७९० जना सामान्य घाइते भएका थिए । खासगरी धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि संगैको धनकुटामा भने ३३८७ घर पूर्ण रुपमा क्षति भएको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानका लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको मुख्य कारण नै २०४५ सालको भूकम्प थियो ।  सो भूकम्पले गर्दा काठमाडौ देखि पूर्वका २७ जिल्लामा त्यसबेला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र नै घोषित गरिएको थियो । तर मृत्यु तथा घरको क्षति भने २२ जिल्लामा मात्र भएको थियो । यस भूकम्प पछि प्रधानमन्त्री मरिचमान सिंह...

पोखराको ताहामचा

Image
नेवाःहरू संस्कृतीमा धनी छन् । आफ्नो संस्कृती जगेर्ना गर्न नेवाःहरू जति अरू सिपालु हुदैनन् पनि । वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउछन् भनेर नेवाःलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ , " राणा बिग्रियो मोजले नेवाः बिग्रियो भोजले" । नेवाःहरू हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् । तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवाः जात्रा मनाएर ब्यापार बृद्धी गर्दथे ।   पुराणमा लेखिए अनुसार भाद्र कृष्ण प्रतिपदाको दिन यमलोकको ढोका एक दिनको लागी खुल्दछ यसै अवसरमा आफ्ना मृत आफन्तजनले पनि सहज प्रबेश पाउन भन्नको लागी नेवाः सम्प्रदायमा "साँपारू" मनाउने चलन बस्यो । यस दिन सिङ्गारिएको गाई वा गाईको प्रतिकात्मक रूपमा बनाइएको ताहासाँ तथा दोक चा साँ मा सेतो कपडा भुइसम्म बाँधेर सो समाइ गाईको पुच्छर समातेर बैतरणी तारिनेको रूपमा बजार परिक्रमा गर्ने परम्परा बस्न गयो ।   गाईको रूपमा बनाइने प्रतिकात्मक रूप तिनै शहरमा केही भिन्न देखिन्छ । भक्तपुरमा ताहासाँ (ताहामचा) बनाएर, काठमा डौ मा बालकहरूलाई सिङ्गारेर शिरमा उल्टो पेरूङ्गो राखेर त्यसमा गाईको चित्र टाँसेर तथा पाटनमा बिभिन्न दे...

लाखे: भैरव कि राक्षस

Image
निकै प्रचलित छ लाखे । गथामुँग चह्रेका दिन देखि प्राय नेवाः बस्ती रहेको शहरहरुमा लाखे नाचको शुभारम्भ हुन्छ । निकै चाख मानेर बच्चा देखि बुढासम्मका सबैले हेर्ने गर्दछन् । आखिर के छ र यसका प्रमुख आकर्षण हुनु पछाडिको कारण । यसमा लाखेको नाचले वा लाखेको मकुण्डोले वा यसले गर्ने ख्यालठट्टाले गर्दा । प्रश्न जति सहज छ जवाफ सहज छैन । यसको आकर्षणको कारण खासमा अरु नै छ । त्यसै तान्न सक्ने आकर्षण के ले गर्दा भयो होला ?  वास्तवमा लाखे एक प्रेमी हुन् । प्रेममा पागल भएका प्रेमी । मानव बस्तीमा मानव कन्यासंग प्रेम बसेपछि मानव हुन खोजेको राक्षस । साथै राक्षस हुन नचाहेको राक्षस । मानवले स्विकार नगरेर मानव हुन नसकेको राक्षस ।  लाखेका किंवदन्ती भने किसिम किसिमका छन् । कथा भिन्न भिन्न किसिमका छन् । त्यस मध्य एक किंवदन्तीका अनुसारको कथा भने काठमाडौ उपत्यकाकै को हो ।  लाखे एक युवा थिए, राक्षस कूलमा जन्म भएका युवा । ति युवा काठमाडौ उपत्यकाका एक युवती देखेर पागल भएका थिए । उनको रुपमा पागल भएका ति युवा युवतीको प्रेममा फसेर सधै मानव रुप लिएर भेट्न आउँथे । उनकी प्रेमिका एक किसान ज्यापूको छोरी थिइन् नाम ...