इतिहासमा चुरोट र नेपालमा यसको प्रवेश
नेपालमा तम्बाकुको चलन मल्लकालबाट शुरु भएको देखिन्छ । मल्ल राजाहरुले हुक्का प्रयोग गरिएको हुँदा तम्बाकु खाने गरेको अनुमान सहजै गर्न सकिन्छ । तर आधुनिक रुपको चुरोटको प्रचलन भने राणाकालमा भएको देखिन्छ । तर विश्वमा सुर्तिजन्य पदार्थको पहिलो प्रयोग गरेकाहरु भने दक्षिण अमेरिकी राज्यहरुलाई नै लिइने गरिएको छ । तर हाम्रा पुराणहरुका अनुसार एशियाली क्षेत्रमा त्यो भन्दा पहिले नै प्रयोग गरिदै आएको भन्ने लेखिएको पाइन्छ । तर यसका बैज्ञानिक प्रमाणहरु भने कतै भेटिएको छैन । सन १४९२ मा क्रिस्टोफर कोलम्बसको समुद्री यात्राको क्रममा दक्षिण अमेरिकाको टोबागोमा पुग्दा त्यहाँका आदिवासीहरुले सुकेको पातहरु सुँघिरहेको तथा पातमा बेरेर धुँवा खाइरहेको देखेपछि अचम्म लागेर आफूले पनि प्रयोग गरेका थिए । यसरी नशाको अनुभव भए पछि उनले केही सुकेका पातहरु तथा यसका बिउहरु बोकेर यूरोप फर्केका थिए । यस्तै अर्को भनाइमा एक स्पेनिश डाक्टर जो मेक्सिको गएका थिए , उनले त्यहाँका रेड इन्डियनहरुले सुकेको पातलाई जलाएर सो को धुवाँ सुकेको उखुको डाँठबाट मुखमा तानेर स्वास फेरिरहेको देखे । यिनै स्पेनिश डाक्टरले सन १५६० मा सुकेका पातहरु...