Posts

इतिहासमा चुरोट र नेपालमा यसको प्रवेश

Image
  नेपालमा तम्बाकुको चलन मल्लकालबाट शुरु भएको देखिन्छ । मल्ल राजाहरुले हुक्का प्रयोग गरिएको हुँदा तम्बाकु खाने गरेको अनुमान सहजै गर्न सकिन्छ । तर आधुनिक रुपको चुरोटको प्रचलन भने राणाकालमा भएको देखिन्छ । तर विश्वमा सुर्तिजन्य पदार्थको पहिलो प्रयोग गरेकाहरु भने दक्षिण अमेरिकी राज्यहरुलाई नै लिइने गरिएको छ । तर हाम्रा पुराणहरुका अनुसार एशियाली क्षेत्रमा त्यो भन्दा पहिले नै प्रयोग गरिदै आएको भन्ने लेखिएको पाइन्छ । तर यसका बैज्ञानिक प्रमाणहरु भने कतै भेटिएको छैन । सन १४९२ मा क्रिस्टोफर कोलम्बसको समुद्री यात्राको क्रममा दक्षिण अमेरिकाको टोबागोमा पुग्दा त्यहाँका आदिवासीहरुले सुकेको पातहरु सुँघिरहेको तथा पातमा बेरेर धुँवा खाइरहेको देखेपछि अचम्म लागेर आफूले पनि प्रयोग गरेका थिए । यसरी नशाको अनुभव भए पछि उनले केही सुकेका पातहरु तथा यसका बिउहरु बोकेर यूरोप फर्केका थिए । यस्तै अर्को भनाइमा एक स्पेनिश डाक्टर जो मेक्सिको गएका थिए , उनले त्यहाँका रेड इन्डियनहरुले सुकेको पातलाई जलाएर सो को धुवाँ सुकेको उखुको डाँठबाट मुखमा तानेर स्वास फेरिरहेको देखे । यिनै स्पेनिश डाक्टरले सन १५६० मा सुकेका पातहरु...

नेवाःहरूको मोहनी नखः तथा मौलिकताले भरिएको हाम्रो दसैँ

Image
  नेवाः परम्पराअनुसार दसैँलाई मोहनी नखः भनिन्छ । हुन त अरु जातिले मनाउने दसैँमा झैँ मोहनी नखः मा पनि घटस्थापनाकै दिन नःला स्वाः (जमरा) रोपिन्छ । नलास्वाः रोप्ने कोठालाई नःलाकू भन्ने गरिन्छ । अँध्यारो र सकभर घामको किरण नपरोस् भन्ने गरिन्छ । जमरा रोप्नका लागि शुद्ध बालुवा र पानी खोलाबाट नै ल्याउनुपर्छ । यो नेवाः परम्परामा तान्त्रिक विधिअन्तर्गत पर्छ । जमराको प्रचलन दसैँमा नेवाःबाट नै भित्र्याइएको हो । नेवाःहरूमा नःला स्वा रोप्ने, कलश स्थापना गर्ने तथा खड्गसिद्धि गर्ने प्रचलन उपत्यकामा तलेजु भवानी भित्रिएसँगै सुरु भएको मान्यता छ । तान्त्रिक विधिबाट रोपिएको जमराको बीचमा देवीको प्रतीकका रूपमा कलश स्थापना गरिन्छ । जब भगवान्‌मा कुनै आकृति थिएन वा भनौँ एक काल्पनिक शक्तिलाई भगवान्‌का रूपमा पुज्न सुरु गरियो । त्यो समय कलशलाई नै भगवान्‌का रूपमा पुज्न थालिएको थियो । पछि भगवान्‌का रूपमा विभिन्न नाम र आकृतिहरू बनाउन थालियो । भगवान्‌का कथाहरू गाँसेर पुराण र आख्यानहरू लेखिए । राम, कृष्ण, ब्रह्मा, विष्णु, महादेव या लक्ष्मी, पार्वती, दुर्गा, सरस्वतीका कथाहरू आख्यानका रूपमा प्रचलित हुन...

कथा बोल बमको

Image
केही दिन अगाडि असारको अन्तिम सोमवारको दिन बिहान बजारमा केही बोलबमको टोली देखे । मलाई असार महिनामा पनि बोलबम शुरु हुँदो रहेछ कि भन्ने लाग्यो । पछि सम्झिए चन्द्रमास अनुसार पहिलो सोमवार असार ३० गते परेको हुँदा बोलबम निस्किएको रहेछ । पछिल्लो समय नेपालीहरुमा पनि रुचाउन थालिएको बोलबममा लामबद्ध कलश बोकेकाहरु देखेर रमाइलो नै लाग्दछ । तर जब अन्त तर्फ चर्को भोजपुरी गीतमा रक्सीले मातेका मधेशी मूलका झुण्डहरु उफ्रि उफ्रि नाचेको देखे पछि भने धर्मको नाममा हिड्ने कावडीहरु उच्छृंखलता तर्फ लागेको अनुभुति हुन्छ । पहिले पहिले बोलबमको यात्रामा हिड्ने कावडहरु कति शान्तसंग लामबद्द भइ हिड्ने गर्दथे । तर अचेल चर्को संगीतले सबैला ई त्रसित बनाउन थाल्ने भइसकेका छन् । के आ वाज कम गर्न सकिदैन ? आखिर के हो त बोल बम हिन्दुहरूका हरेक कुरा आख्यानमा लेखिएका किंवदन्ती आधारित हुने गर्दछ । बोल बमको पनि त्यस्तै किंवदन्ती रहेको छ । बैजनाथ धाम जसलाई बैद्यनाथ धाम पनि भन्ने गरिन्छ । भगवान शिवका बाह्र ज्योतिर्लिङ्गमा एकका रूपमा बैजनाथलाई लिने गरिन्छ । बैजनाथको कथा यस्तो छ । लंकाधिपति रावण शिवका अनन्य भक्त थिए । एकपटक...