नौलखा हार र जङ्गबहादुरको श्रीपेच
हुन त अचेल नौलखा हारको अर्थ ‘नौ लाख मुल्य पर्ने हार’ नै हुन्छ, तसर्थ अचेल जो-कोहीले पनि बनाउन सक्लान् । तर, जुन बेला नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो, जो-कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सकिन्न, अर्बौं रूपैयाँ पर्न सक्छ । १७औँ शताव्दीमा मराठा राज्यमा पेशवाहरू खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो र, खानदानी रूपमा प्रधानमन्त्री हुँदै आएपछि पेशवा नै थरका रूपमा नै राख्न थाले । बालाजी विश्वनाथ मराठा राज्यमा सन् १७२० मा पेशवा बनेका थिए । यसपछि उनकै सन्तति पेशवाका रूपमा रहन थाले । उनकै सन्तति बाजीराव द्वितिय बाल्यकालमा नै पेशवा बनाइएका थिए । बाजीराव द्वितिय निःसन्तान थिए । बाजीरावको समयमा अङ्ग्रेजले उनको जागीर मात्र होइन मराठा राज्यको अस्तित्व नै समाप्त पारिदियो । तर पनि बाजीरावलाई मृत्युसम्म मासिक ८० हजार पेन्सन दिइरहे । तर अङ्ग्रेजले धर्मपुत्रका हकमा यो नियम लागु गर्न चाहेन । नानासाहेवलाई भने बाजीर...