Posts

Showing posts from July, 2025

कथा बोल बमको

Image
केही दिन अगाडि असारको अन्तिम सोमवारको दिन बिहान बजारमा केही बोलबमको टोली देखे । मलाई असार महिनामा पनि बोलबम शुरु हुँदो रहेछ कि भन्ने लाग्यो । पछि सम्झिए चन्द्रमास अनुसार पहिलो सोमवार असार ३० गते परेको हुँदा बोलबम निस्किएको रहेछ । पछिल्लो समय नेपालीहरुमा पनि रुचाउन थालिएको बोलबममा लामबद्ध कलश बोकेकाहरु देखेर रमाइलो नै लाग्दछ । तर जब अन्त तर्फ चर्को भोजपुरी गीतमा रक्सीले मातेका मधेशी मूलका झुण्डहरु उफ्रि उफ्रि नाचेको देखे पछि भने धर्मको नाममा हिड्ने कावडीहरु उच्छृंखलता तर्फ लागेको अनुभुति हुन्छ । पहिले पहिले बोलबमको यात्रामा हिड्ने कावडहरु कति शान्तसंग लामबद्द भइ हिड्ने गर्दथे । तर अचेल चर्को संगीतले सबैला ई त्रसित बनाउन थाल्ने भइसकेका छन् । के आ वाज कम गर्न सकिदैन ? आखिर के हो त बोल बम हिन्दुहरूका हरेक कुरा आख्यानमा लेखिएका किंवदन्ती आधारित हुने गर्दछ । बोल बमको पनि त्यस्तै किंवदन्ती रहेको छ । बैजनाथ धाम जसलाई बैद्यनाथ धाम पनि भन्ने गरिन्छ । भगवान शिवका बाह्र ज्योतिर्लिङ्गमा एकका रूपमा बैजनाथलाई लिने गरिन्छ । बैजनाथको कथा यस्तो छ । लंकाधिपति रावण शिवका अनन्य भक्त थिए । एकपटक...