Posts

Showing posts from February, 2025

जीवित देवीका रुपमा पूजिने कुमारी

कुमारी अर्थात अविवाहित महिला वा बालिका । अझ भन्ने हो भने रजस्वला हुनु अगाडिको बालिकालाई कुमारीका रुपमा लिने गरिन्छ । तर बोलिचालिमा अविवाहित महिलालाई पनि कुमारी भन्ने गरिन्छ । कुमारी पूजा गर्ने प्रचलन केवल नेपालमा मात्रै होइन । भारतमा रहेको प्रख्यात मन्दिर कन्याकुमारीले पनि कन्या त्यसमा पनि कुमारीको पूजा गर्ने प्रचलन भारतमा पनि रहेको बुझिन्छ । त्यस्तै ग्रीक कथामा पनि जिउस र मेथिसको छोरी एथेना पनि कुमारी देवी थिइन । हुन त उनलाई बुद्धिको देवीका रुपमा पूजिने गर्दछ । जापानी पौराणिक कथाहरुमा पनि अमातरासु देवीलाई कुमारी देवीका रुपमा लिने गर्दछन् । श्रृष्टि नै नारी र पुरुषमा अडिएको हुन्छ । तसर्थ कुमारी रहनु श्रृष्टीको बिपरित हुनु पनि हो । तर पनि कुमारीको पूजा गर्ने प्रचलन भने धेरै अगाडि देखि नै रहेको देख्न सकिन्छ । इशा पूर्व छैठौ शताव्दी तिर लेखिएको मानिएको "तैत्तिरीय-आरण्यक" मा शक्ति अर्थात देवीको रुपमा कन्याकुमारीका रुपमा उल्लेख गरिएको पाइन्छ । यसर्थ कन्याकुमारीलाई देवीको रुपमा शैवहरुको शुरुवाती कालमा नै पूज्न थालेको देखिन्छ । चौथो शताव्दीमा लेखिएको देवी महात्म्यमा सप्तमातृकाको प्र...